• १९ असार २०८३, शुक्रबार
  • ३:४७ बिहान

काठमाडौंका विभिन्न क्षेत्रमा निर्धारित समयका लागि विद्युत् अवरुद्ध हुने

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ११:४१

११ बैशाख २०८३ काठमाडौं – नेपाल विद्युत् प्राधिकरण ले वितरण प्रणाली सुदृढीकरणअन्तर्गत प्राविधिक काम अघि बढाउँदै गर्दा काठमाडौंका विभिन्न स्थानमा निश्चित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबलसम्बन्धी कार्य सम्पन्न भइसकेपछि बसबार एरेन्जमेन्ट, ११ केभी चार्जिङ, केबल राइजिङ तथा ड्रेसिङ, ओभरहेड ट्यापिङ र एलटी चार्जिङजस्ता थप काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत सिंहदरबार र अनामनगर क्षेत्रमा वैशाख १२ र १३ गते बिहान ९:३० बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ। त्यसैगरी, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पानीपोखरी, टिचिङ अस्पताल, बालुवाटार र लाजिम्पाट क्षेत्रमा वैशाख १३ र १६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ।

Kamana Sewa

प्राधिकरणका अनुसार साङ्ग्रिला, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, पवित्र वर्कसप, श्रेष्ठ एक्वारियम तथा एभरेष्ट बैंक आसपासका क्षेत्रमा समेत विद्युत् सेवा प्रभावित हुनेछ। निर्धारित समयअगावै काम सम्पन्न भएमा सेवा छिट्टै सुचारु गरिने प्राधिकरणले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया