एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड: ७८ हजारलाई मात्रै शेयर, लाखौँ लगानीकर्ता खाली हात
प्रकाशित मिति
२०८३ बैशाख ११ गते, शुक्रबार ०९:५४
११ बैशाख २०८३ काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड ले आईपीओ बाँडफाँड सम्पन्न गरेको हो।
कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो। यसमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो।
आईपीओमा २७ लाख ७१ हजार १८ जनाबाट आवेदन परेकोमा २७ लाख २७ हजार ११७ जनाको आवेदन मात्रै स्वीकृत भएको थियो। मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडअनुसार ७८ हजार २० जना आवेदकले १०–१० कित्ताका दरले शेयर पाएका छन् भने २६ लाखभन्दा बढी लगानीकर्ताको हात खाली भएको छ।








प्रतिकृया