• १७ असोज २०८३, शनिबार
  • १२ः३९ राती

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ वैशाख २३ देखि सर्वसाधारणका लागि खुला

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ०९:३७

११ बैशाख २०८३ काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड गरिसकेको छ।

National Life

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो।

जसमध्ये पहिलो चरणमा १२ लाख कित्ता आयोजना प्रभावितलाई र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड भइसकेको छ। अब कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन वैशाख २३ गतेदेखि खुला हुनेछ र छिटोमा वैशाख २८ गते बन्द हुनेछ। पर्याप्त आवेदन नपरेमा भने जेठ ६ गतेसम्म अवधि लम्बिन सक्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया