• ४ असोज २०८३, आइतबार
  • २ः४१ राती

आईटी क्षेत्रका लागि डलर कार्डमा नयाँ व्यवस्था, वार्षिक सीमा बढाइयो

प्रकाशित मिति

२०८२ चैत्र २५ गते, बुधबार ०८:२०

२५ चैत,२०८२ काठमाडौं –  नेपाल राष्ट्र बैंकले सूचना प्रविधि तथा सञ्चार क्षेत्रका उद्योगहरूका लागि विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत परिपत्र–२०८२ सार्वजनिक गर्दै सफ्टवेयर खरिद तथा अनलाइन सेवाका लागि प्रयोग हुने डलर कार्डको सीमा र सुविधालाई व्यवस्थित बनाएको हो।

National Life

नयाँ व्यवस्थाअनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, विदेशमा सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने उद्योगहरूको हकमा भने राष्ट्र बैंकले थप लचिलो नीति अवलम्बन गरेको छ। यस्ता उद्योगहरूले आफ्नो आम्दानीका आधारमा वार्षिक सीमामा थप गरी अधिकतम ५ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त रकमबाट सफ्टवेयर खरिद, क्लाउड स्टोरेज तथा सर्भर होस्टिङ जस्ता अनलाइन सेवामा भुक्तानी गर्न सकिनेछ। यसका लागि छुट्टै प्रिपेड कार्डसमेत जारी गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि डलर कार्डको सीमा न्यून हुँदा नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा भुक्तानी गर्न समस्या हुँदै आएको थियो। राष्ट्र बैंकको यो निर्णयले विशेषगरी साना तथा मझौला प्रविधि उद्योग तथा सफ्टवेयर विकासकर्ताहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया