• ४ साउन २०८३, सोमबार
  • १:४१ बिहान

बलात्कार आरोपमा कलाकार सागर लम्साल पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र २१ गते, शनिबार १०:१७

२१ चैत,२०८२ काठमाडौं – कलाकार सागर लम्साल (बले) लाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले उनीविरुद्ध उक्त आरोप लगाएकी थिइन्।

ती युवतीले एक वर्षअघि अमेरिकामै लम्सालले आफूलाई बलात्कार गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि घटनाले व्यापक चर्चा पाएको थियो। सामाजिक सञ्जालमा आएको उक्त आरोपपछि अनुसन्धानका लागि दबाब बढेसँगै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

Kamana Sewa

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया