• १८ असोज २०८३, आइतबार
  • ८ः४९ बिहान

प्रतिनिधिसभा बैठकमा आज रास्वपा सभापति रवि लामिछानेको सम्बोधन

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार १२:२३

१९ चैत,२०८२ काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने जानकारी रास्वपाका प्रवक्ता मनिष झाले दिएका हुन्। हाल रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ।

National Life

हालै सम्पन्न निर्वाचनपछि २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८२ सिटसहित सबैभन्दा ठूलो दलको हैसियत हासिल गरेको हो। यसअघि विघटित प्रतिनिधिसभामा २१ सिटसहित चौथो दल रहेको रास्वपा अहिले पहिलो स्थानमा पुगेको छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक जना स्वतन्त्र सांसद रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा अन्य दलका संसदीय दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका ज्ञानेन्द्र शाही तथा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले पनि बोल्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसले भने अहिलेसम्म संसदीय दलको नेता चयन नगरे पनि भिष्मराज आङदाम्बेले कांग्रेसको तर्फबाट सम्बोधन गर्ने भएका छन्।

प्रतिकृया