• १८ असोज २०८३, आइतबार
  • ६ः३९ बिहान

सीमा क्षेत्रमा गस्ती कडा बनाउन गृहमन्त्री गुरुङले दिए निर्देशन

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०३:१२

१७ चैत,२०८२ काठमाडौं –  गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालसहितको टोलीसँग आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका छन्। आज भएको बैठकमा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, स्रोत व्यवस्थापन र समन्वयका विषयमा विस्तृत रूपमा कुराकानी भएको जनाइएको छ।

National Life

विपद् अवस्थाको प्रभाव कम गर्न तत्काल तथा दीर्घकालीन रणनीति तयार पार्ने विषयमा विशेष जोड दिइएको थियो। बैठकले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती थप कडा बनाउने निर्णयसमेत गरेको छ। यस कदमले तस्करी, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, तस्करी नियन्त्रण र अवैध गतिविधि रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको पनि जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया