• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

यातायात कार्यालय एकान्तकुनामा बिचौलियामाथि प्रहरीको कारबाही, १५ जना पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०५:११

१६ चैत,२०८२ काठमाडौं – प्रहरीले यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीलाई हैरानी दिने र फास्ट ट्रयाकको नाममा रकम असुल्ने गरेको गुनासोपछि जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले अपरेशन सञ्चालन गरेको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।

Kamana Sewa

प्रतिकृया