• १८ असोज २०८३, आइतबार
  • ४ः३५ बिहान

हर्क साम्पाङ सिंहदरबार बैठकमा सहभागी नहुने

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०२:०८

१६ चैत,२०८२ काठमाडौं – श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्। उनले प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने स्पष्ट पारेका हुन्।

National Life

आज प्रधानमन्त्रीले कोसी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। सोही क्रममा प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि आमन्त्रण गरेको थियो।

साम्पाङले सदन नबोलाई कोठे बैठक बोलाउनुको औचित्यमाथि प्रश्न उठाउँदै हप्तामा कम्तीमा एक पटक संसद् बैठक बस्नुपर्ने र जनताका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया