• १८ असोज २०८३, आइतबार
  • २ः१७ राती

उज्यालो नेपाल पार्टीको सचिवालय गठन, ९ सदस्य चयन

प्रकाशित मिति

२०८२ चैत्र ७ गते, शनिबार ०२:२७

७ चैत,२०८२ काठमाडौं- उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङ को नेतृत्वमा सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्म बसेको बैठकले पार्टीको केन्द्रीय संरचना अन्तर्गत सचिवालय टुंग्याएको हो।

National Life

पार्टी विधान अनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हालका लागि ९ सदस्य मात्रै चयन गरिएको छ। चयन अनुसार वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा महेन्द्र लावती र महासचिवमा धर्म बहादुर चौधरी रहेका छन्।

सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति चयन भएकी छन्। साथै, प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा चयन भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हाल सचिवालयमा एक उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिव पद रिक्त रहेका छन्। मुख्यसचिव र प्रवक्ता पद भने पार्टी विधानमा उल्लेख नभएको जनाइएको छ।

यसैबीच, पार्टी गठनका क्रममा सक्रिय भूमिका खेलेका उज्यालो नेपाल अभियानका दर्जनौँ सदस्यहरू सचिवालयमा अटाउन सकेका छैनन्। अभियानबाट पार्टी स्थापना गर्दा केन्द्रीय सदस्य बनेका लाक्पा फुटी शेर्पा, विजय कँडेल, तुलसा वाइबा, रोशनी लामा, ज्ञानेन्द्र कुमार तामाङ लगायत सचिवालयमा समावेश हुन सकेनन्।

त्यस्तै, महेन्द्र कुमार थापा, अग्नि माया मेचे, मनोज लुहार, देवकी पौडेल, बालिका चौधरी, भीम बहादुर कुमाल र राजाराम तन्डुकार लगायत पनि सूचीमा परेनन्। केही सदस्य भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयासका क्रममा त्यतै सक्रिय रहेको बताइएको छ।

प्रतिकृया