• १५ असोज २०८३, बिहीबार
  • ९ः२७ बिहान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ०१:४४

६ चैत,२०८२ ललितपुर — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठक केहीबेरअघि शुरू भएको जानकारी पार्टीका पदाधिकारीहरूले दिएका छन्।

National Life

बैठकमा आजका लागि दुई एजेन्डा तय गरिएको छ। पहिलो, हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा, र दोस्रो, सभापति गगन थापा ले उपसभापति विश्वप्रकाश शर्मा मार्फत बुझाएको राजीनामाबारे छलफल गर्नु हो। सभापति थापा बैठकमा उपस्थित भने छैनन्।

पार्टी महामन्त्री गुरुराज घिमिरे का अनुसार बैठक आज वा भोलि सकिने अपेक्षा गरिएको छ। बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिनेछ भने अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

उपसभापति शर्मा बैठकमा राजीनामा प्रस्तुत गर्ने र अस्वीकृत गर्ने प्रस्ताव अघि बढाउने तयारीमा रहेको जानकारी पनि दिइएको छ।

प्रतिकृया