• १५ असोज २०८३, बिहीबार
  • ६ः१७ बिहान

कांग्रेसले समानुपातिकतर्फ २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०४:०८

१ चैत,२०८२ काठमाडौं-  नेपाली कांग्रेसले समानुपातिकतर्फ बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका नामहरू आजै आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

National Life

उनका अनुसार आदिवासी–जनजातिबाट ६, खस–आर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १–१ गरी ५ जनाको नाम पठाइनेछ। साथै क्लस्टर मिलाएर अन्य तीन जनाको नाम पनि थपिने उनले बताए।

प्रवक्ता चालिसेका अनुसार आयोगमा पठाइनेमध्ये १५ जना महिला अनिवार्य रूपमा रहनेछन्। कांग्रेसले बुझाएको नामावली निर्वाचन आयोगले नै सार्वजनिक गर्ने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आगामी केन्द्रीय समिति बैठकले निर्वाचनको पूर्ण समीक्षा गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि कांग्रेसले जनाएको छ।

प्रतिकृया