• १८ असोज २०८३, आइतबार
  • ८ः५५ बिहान

नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन खर्च विवरण सार्वजनिक

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार १२:३६

२९ फाल्गुन,२०८२ काठमाडौं- नवनिर्वाचित सांसद महावीर पुनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्। पुनले म्याग्दी-१ क्षेत्रबाट निर्वाचित भएपछि प्रस्तुत गरेको विवरण अनुसार निर्वाचन अवधिभर कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको देखिएको छ।

National Life

पेस गरिएको विवरणमा होटलमा खाना बस्नका लागि सबैभन्दा धेरै १३ लाख ७ हजार ६१९ रुपैयाँ, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ, र डिजेल खरिदमा ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

यो खर्च विवरण निर्वाचन आयोगको अभिलेखमा सुरक्षित हुनेछ र सार्वजनिक रूपमै पहुँचयोग्य छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया