शीर्ष नेता पराजित हुँदा पनि एमालेका यी ९ उम्मेदवार विजयी (सूचीसहित)
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार ०२:४९
२६ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा समग्र परिणाम अपेक्षाकृत कमजोर देखिए पनि नेकपा एमालेले केही क्षेत्रमा भने सम्मानजनक उपस्थिति कायम गरेको छ। देशका विभिन्न निर्वाचन क्षेत्रमा एमालेका नौ उम्मेदवार विजयी भएका छन्।
यीमध्ये सात क्षेत्रमा एमालेले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेको छ भने दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई पछि पार्दै जित हात पारेको हो।
बाँके–२ र संखुवासभा–१ मा रास्वपाका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित निकालेको छ भने बाँकी क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएका छन्।
प्रत्यक्ष निर्वाचित एमालेका उम्मेदवारहरू यसप्रकार छन् :
- मोहम्मद इश्तियाक राई — बाँके–२ (२४,६८२ मत)
- सुहाङ नेम्वाङ — इलाम–२ (२३,४२६ मत)
- गणेश सिंह ठगुन्ना — दार्चुला–१ (१८,६९१ मत)
- ऐनबहादुर महर — बझाङ–१ (१८,५४३ मत)
- राजेन्द्रकुमार राई — धनकुटा–१ (२०,३३२ मत)
- अर्जुनकुमार कार्की — संखुवासभा–१ (१६,६६६ मत)
- शिवराज देवे — ताप्लेजुङ–१ (१३,९६२ मत)
- लक्ष्मीप्रसाद पोखरेल — दैलेख–२ (१३,६८८ मत)
यी क्षेत्रमा एमालेका उम्मेदवारले प्रतिस्पर्धी दललाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्।








प्रतिकृया