• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

गगनलाई हराउदै सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार ०७:५२

२४ फाल्गुन,२०८२ सर्लाही– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनकुमार थापाले २२ हजार ८३८ मत पाएका छन्।

National Life

सिंहले थापालाई १२ हजार ८५० मतान्तरले पराजित गरेका हुन्। मतगणनाको प्रारम्भिक चरणदेखि नै सिंहले अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेका हुन्।

यसअघि पनि सिंह यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार का रूपमा विजयी भएका थिए। यसपटक भने उनी रास्वपाको तर्फबाट चुनाव जित्न सफल भएका छन्

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया