• १९ असोज २०८३, सोमबार
  • १ः४७ दिउँसो

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०८:१९

२३ फाल्गुन,२०८२ जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला जिल्ला मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार नरेश भण्डारी लाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन्।

National Life

भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमाले का उम्मेदवार शान्तिलाल महत ले चार हजार ५१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का उम्मेदवार दीपबहादुर शाही ले सात हजार १४३ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार विनीता कठायत ले ४२१ मत प्राप्त गर्दा प्रलोपाका मनऋषि धिताल ले ११२ मत पाएका छन्। नेपाल मजदुर किसान पार्टी का बृषबहादुर रावत ले ४०० मत प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्लामा विभिन्न राजनीतिक दलका नौ जना र एक स्वतन्त्र उम्मेदवारसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

प्रतिकृया