• १९ असोज २०८३, सोमबार
  • १ः४७ दिउँसो

झापा–५ मा नतिजा आउने तयारी, गणनास्थलमा देखिए बालेन

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०६:१३

झापा- झापा–५ मा केपी शर्मा ओली विरुद्ध जित सुनिश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मतगणनास्थल पुगेका छन्। बालेन केहीबेरअघि झापा जिल्ला क्षेत्र नम्बर ५ को मतगणनास्थल पुगेका हुन्। हालसम्मको मतगणनाअनुसार उनले ६६ हजार २०० मत प्राप्त गरिसकेका छन्।

National Life

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष ओलीले भने १८ हजार ९५ मत मात्रै प्राप्त गरेका छन्। झापा–५ मा मतगणना अन्तिम चरणमा पुगेको छ र केहीबेरमै औपचारिक नतिजा आउने तयारी रहेको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै बालेन मतगणनास्थल पुगेका हुन्।

सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै मतगणनास्थलमा नेपाली सेना ले बाक्लो सुरक्षा व्यवस्था गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

Do you like this personality?

प्रतिकृया