• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

अमेरिकी दूतावासद्वारा प्रतिनिधि सभा निर्वाचन सफल भएकोमा नेपाली जनतालाई बधाई

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०८:४३

२१ फाल्गुन,२०८२ काठमाडौं– आज प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि नेपालस्थित अमेरिकी दूतावासले नेपाली जनतालाई सामाजिक सञ्जालमार्फत बधाई दिएको छ।

National Life

दूतावासले भनेको छ, “निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई। आगामी सरकारले दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्ने आशा राख्छौँ।”

यसैसँगै अमेरिकी दूतावासले लोकतान्त्रिक प्रक्रियामा नेपाली नागरिकको सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी दिनमा नेपाल–अमेरिका सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया