• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

देशभर प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब ६० प्रतिशत मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०८:३४

२१ फाल्गुन,२०८२ काठमाडौं– आज देशभर प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार करिब ६० प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका छन्।

National Life

निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जारी गरेको विवरणअनुसार हालसम्म एक करोड १० लाख हाराहारी मत खसेको तथ्याङ्क छ। यसमा केही अद्यावधिक हुँदा थोरै तलमाथि हुन सक्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले देशभर मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र आजै रातिदेखि मतगणना सुरु हुने जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझसम्म शान्तिपूर्ण रूपमा जारी रह्यो।

प्रतिकृया