• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

दोलखामा हराएका मतपत्र फेला नपरेपछि मतदानमा विलम्ब

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०१:३९

२१ फाल्गुन,२०८२ दोलखा- दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतदान विवादका कारण अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप हुँदा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। सोही क्रममा केही मतपत्र हराएको छ।

National Life

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार हराएका ५४–५५ मतपत्रमध्ये ४४ वटा फेला परेका छन् भने बाँकी मतपत्रको खोजी जारी छ।

मतपत्र सुरक्षित राख्नका लागि दलका प्रतिनिधिहरूसँग छलफल भइरहेको छ। स्थिति नियन्त्रणमा लिने क्रममा केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिइएको भए पनि प्रशासनले मतपत्र लुटिन नपरोस् भन्दै उनीहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ। तामाकोशी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ र अर्जुन योगी प्रहरी नियन्त्रणमा रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया