• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

हवाई आक्रमणमा इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार १०:००

१७ फाल्गुन,२०८२ काठमाडौं – इरानका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ। इरानी समाचार संस्था आइएलएनएका अनुसार शनिबार भएको आक्रमणमा उनको मृत्यु भएको हो।

National Life

समाचारअनुसार इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा गरेको हवाई आक्रमणका क्रममा तेहरानको उत्तर–पूर्वी क्षेत्र नारनाकस्थित अहमदिनेजादको निवासलाई निशाना बनाइएको थियो। आक्रमणमा उनका केही सुरक्षाकर्मी पनि मारिएको दाबी गरिएको छ।

यसैबीच, अमेरिका–इजरायलको कारबाहीमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबीसमेत सार्वजनिक भएको छ। यद्यपि, उक्त घटनाबारे इरानी सरकारी निकायबाट आधिकारिक पुष्टि भने आएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया