मध्यपूर्व तनावमा प्रभावित क्षेत्रमा रहेका नेपालीको संख्या (विवरणसहित)
प्रकाशित मिति
२०८२ फाल्गुन १७ गते, आईतवार ०५:२०
१७ फाल्गुन,२०८२ काठमाडौं – परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली नागरिक वैधानिक रूपमा कार्यरत तथा बसोबास गरिरहेको जानकारी दिएको छ।
मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा करिब सात लाख नेपाली रहेको जानकारी दिए।

त्यसैगरी, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, इराकमा ३० हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार, इजरायलमा ६ हजार ५००, लेबनानमा १ हजार ५००, इजिप्टमा ५०० र इरानमा १० जना नेपाली बसोबास गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अवैध रूपमा रहेका नेपालीहरू यस तथ्यांकमा समावेश नभएको स्पष्ट पारेको छ। इरानमा हाल चार जना फर्कने क्रममा रहेका छन् भने छ जना त्यहीँ छन्।




प्रतिकृया