• १९ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

इरानमा रहेका सबै नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयको जानकारी

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०१:१७

१७ फाल्गुन,२०८२ काठमाडौं – परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जानकारी दिएको छ। हाल विभिन्न प्रयोजनका लागि त्यहाँ रहेका १२ मध्ये दुई जना नेपाल फर्किसकेका छन् भने अन्य आठ जना अझै इरानमै छन्। सबै नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

National Life

मन्त्रालयले मध्यपूर्वको वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको बताउँदै इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सतर्क, सचेत र सुरक्षित रहन सुझाव दिएको छ। सकेसम्म घरभित्रै बस्ने, आवश्यक सावधानी अपनाउने र आफ्नै स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन भनिएको छ।

साथै, सम्बन्धित निकायको पूर्व स्वीकृति बिना इजरायल वा इरानका लागि यात्रा नगर्न र नेपालबाट त्यहाँ जाने सबै यात्रा रद्द गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया