• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

निर्वाचन खर्च पारदर्शिताका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

प्रकाशित मिति

२०८२ फाल्गुन १६ गते, शनिबार ०९:५८

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि चुनावी खर्च पारदर्शी बनाउन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था लागू गरेको छ।

National Life

आयोगद्वारा जारी कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग र गर्ने खर्च अनिवार्य रूपमा सोही बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगका अनुसार हालसम्म ११ राजनीतिक दल र १,६७० उम्मेदवारले प्रचारप्रसार बैंक खाता खोलेर सम्बन्धित कार्यालयमा जानकारी गराएका छन्। यस व्यवस्थाले चुनावी खर्चको निगरानी प्रभावकारी बनाउने र कानुनले तोकेको खर्च सीमा पालनामा सहयोग पुग्ने आयोगको विश्वास छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल र उम्मेदवारले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ। हालसम्म ४३ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी आयोगलाई जानकारी गराइसकेका छन्।

आयोगले यस प्रक्रियाबाट चुनावी प्रचारप्रसारमा पारदर्शिता वृद्धि हुने र आम्दानी–खर्चको प्रभावकारी निगरानी सम्भव हुने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया