• १९ असोज २०८३, सोमबार
  • ७ः०४ बेलुका

फागुन १८ रातिदेखि प्रचार निषेध, आयोगको गृहलाई यस्तो निर्देशन

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार १०:५१

१४ फाल्गुन,२०८२ काठमाडौं – निर्वाचन आयोग ले निर्वाचन अवधिमा निषेध गरिएका कार्यहरू हुन नदिन र उल्लंघन भए तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराउन गृह मन्त्रालय लाई अनुरोध गरेको छ।

National Life

आयोगले विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचार–प्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन गृह मन्त्रालयलाई भनेको छ। साथै जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम कारबाही गरिएका विवरण आयोगमा पठाउन आग्रह गरिएको छ।

आयोगले मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको छ। अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन समावेश छन्। कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीसाधनलाई भने सञ्चालन अनुमति दिइनेछ।

मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुने आयोगले स्पष्ट पारेको छ। टिकट भएका यात्रुलाई विमानस्थलदेखि बसोबास स्थलसम्म आवत–जावत गर्न सम्बन्धित एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार शान्ति सुरक्षा कायम गर्न आवश्यक सबै उपाय अवलम्बन गर्न र मतदाताले मतदान गर्दा मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा ल्याउनुपर्ने व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायलाई आयोगले निर्देशन दिएको छ।

प्रतिकृया