• १९ असोज २०८३, सोमबार
  • ७ः०४ बेलुका

चुनावको मुखमा किन गए सिंगापुर शेरबहादुर देउवा ?

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार १०:४५

१४ फाल्गुन,२०८२ काठमाडौं – आसन्न प्रतिनिधिसभा निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। देउवा गएराति सिंगापुर गएका हुन् भने उनकी पत्नी आरजु राणा देउवा तीन दिनअघि नै त्यहाँ पुगिसकेकी थिइन्। निकट स्रोतका अनुसार देउवा दम्पति यसअघि गरिएको उपचारको फलोअपका लागि सिंगापुर गएका हुन्।

National Life

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटपिटमा परेपछि उनीहरू कार्तिक १० गते उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि कार्तिक २८ गते स्वदेश फर्किएका थिए।

विशेष महाधिवेशनपछि पार्टीभित्र शक्ति सन्तुलन फेरिएको अवस्थामा वर्तमान सभापति गगन थापा पक्षले निर्वाचनमा देउवाको साथ खोजिरहेको चर्चा चलिरहेका बेला उनको विदेश प्रस्थानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेषगरी गृह जिल्ला डडेल्धुरामा मतदानका लागि भए पनि देउवा उपस्थित हुने अपेक्षा स्थानीय कार्यकर्ताले गरेका थिए। निर्वाचनको मुखमा भएको उनको सिंगापुर यात्राले राजनीतिक वृत्तमा चासो र चर्चा बढाएको छ।

प्रतिकृया