• १४ असोज २०८३, बुधबार
  • ३ः५८ राती

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार १२:२८

१३ फाल्गुन,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ झिक्ने तयारी गरेको छ।केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८८ दिनका लागि उक्त रकम संकलन गर्ने योजना बनाएको छ।

National Life

इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन्। बिडिङमा सहभागी बैंक तथा वित्तीय संस्था घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा बाँकी रकम निःशेष जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते हुनेछ।

बिडिङमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्था ले मात्र सहभागिता जनाउन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया