• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार ११:१४

१० फाल्गुन, २०८२  काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। केन्द्रीय बैंकले ‘निक्षेप संकलन’ नामक अल्पकालीन उपकरणमार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको जनाएको छ।

National Life

राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धात्मक ब्याजदर उल्लेख गर्दै आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन पाउनेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते गरिनेछ। राष्ट्र बैंकले तरलता तान्दा अल्पकालीन ब्याजदर स्थिर राख्न र वित्तीय प्रणालीमा सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। हाल बैंकिङ प्रणालीमा अधिक तरलता देखिएकाले केन्द्रीय बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ।

प्रतिकृया