• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

रास्वपाले भैरहवा–पोखराका चुनावी सभा स्थगित

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ०२:३५

८ फाल्गुन, २०८२  काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ। पार्टीकी सहप्रवक्ता प्रतिभा रावल का अनुसार भैरहवा सभा फागुन ९ र पोखरा फागुन १० का लागि तय गरिएको भए पनि विशेष कारणले स्थगित गरिएको हो।

National Life

ती सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले ले सम्बोधन गर्ने तालिका थियो। तर रावलले स्थगित हुने कारण सार्वजनिक गरेकी छैनन्।

यसअघि रास्वपाले बुधबार र बिहीबार धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा सम्पन्न गरेको थियो। सुर्खेत सभापछि वरिष्ठ नेता साह बिरामी भएर काठमाडौं फर्किएका छन् भने सभापति लामिछाने दाङतर्फ चुनावी अभियान लिएर गएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार राति दाङको तुलसीपुरमा सभापति लामिछानेको स्वागतका क्रममा रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाउँदा तनाव सिर्जना भएको छ।

प्रतिकृया