• १९ असोज २०८३, सोमबार
  • ७ः३७ बेलुका

अर्थमन्त्री खनालले निर्वाचनका लागि स्रोतसाधनको कमी नहुने प्रतिबद्धता व्यक्त

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार १२:०८

८ फाल्गुन, २०८२ काठमाडौं – रामेश्वर खनाल अर्थमन्त्रीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। राजधानीमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उनले सरकारको ध्यान पूर्ण रूपमा निर्वाचन तयारीमा केन्द्रित रहेको बताए।

National Life

खनालले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे। अर्थमन्त्री खनालले पर्यटनलाई उद्योगसरह सुविधा दिनुपर्ने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै, सरकारले दशको अर्थतन्त्रको उन्नयनका लागि हरसम्भव प्रयत्न गरिरहेको जानकारी दिएका छन्।

उनले विभिन्न नीतिगत काममार्फत आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा जोड दिइरहेको उल्लेख गर्दै आगामी दिनमा यसमा अझ प्रभावकारी कदम चालिने आश्वासन दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया