रास्वपाले एमालेको झण्डा जलाएपछि नेसनल भोलिन्टियर फोर्सद्वारा दिए यस्तो चेतावनी
प्रकाशित मिति
२०८२ फाल्गुन ८ गते, शुक्रबार १२:१७
८ फाल्गुन, २०८२ काठमाडौं – नेकपा (एमाले) निकट नेसनल भोलिन्टयर फोर्स ले पार्टीको झण्डा जलाएको घटनाप्रति सरकारलाई कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ। फोर्सले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी सार्वजनिक गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हिजो साँझ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। राज्यले यो घटनालाई नजरअन्दाज गर्छ र अपराधीलाई कारबाहीको दायरामा ल्याएन भने नेसनल भोलिन्टयर फोर्स यस्ता कार्यका विरुद्ध सशक्त रूपमा उभिनेछ।’
बिहीबार साँझ दाङमा एमालेको चुनाव चिह्न (सूर्य) जलाउने क्रममा रवि लामिछाने को पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी समेत गरेका थिए। यस घटनाले राजनीतिक वातावरणमा विवाद सिर्जना गरेको छ।
एमाले महासचिव शंकर पोखरेल ले पनि उक्त कार्यप्रति आपत्ति जनाएका छन्।








प्रतिकृया