• १९ असोज २०८३, सोमबार
  • ७ः३९ बेलुका

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०९:१०

५ फाल्गुन, २०८२ काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड आज बिहान ९ बजे हुने भएको छ। निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बाँडफाँड कार्यक्रम आज तय गरिएको हो।

National Life

कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताबाट आवेदन परेको जनाइएको छ। जसमध्ये ५७ हजार २४३ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबर १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ रहेको जनाएको छ।

प्रतिकृया