सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला,कहिलेसम्म भर्न पाइने ?
प्रकाशित मिति
२०८२ फाल्गुन ५ गते, मंगलवार ०९:२५
५ फाल्गुन, २०८२ काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन तथा बाँडफाँड गरिसकेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भइसकेको छ।

बाँकी शेयरमध्ये ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३१ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन ११ गते र ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ। आईपीओका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।




प्रतिकृया