• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

छुट्ला है रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिन

प्रकाशित मिति

२०८२ फाल्गुन ४ गते, सोमबार ०९:४०

४ फाल्गुन, २०८२ काठमाडौं – आजसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।

National Life

कुल निष्काशनमध्ये ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने १ लाख ४२ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको छ। त्यस्तै २८ हजार ४४० कित्ता कर्मचारी र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर प्रणालीमार्फत दिन सकिनेछ।

प्रतिकृया