• १९ असोज २०८३, सोमबार
  • ८ः१६ राती

निर्वाचनलाई सदाचार स्थापनाको अवसर बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार १२:३८

२८ माघ,२०८२ काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापना गर्ने महाअभियानका रूपमा लिनुपर्ने बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभामा स्वच्छ छवि र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध जनप्रतिनिधि आउनुपर्नेमा जोड दिइन्।

National Life

प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि नयाँ सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्दै, नागरिकमैत्री प्रशासन र समग्र शासकीय सुधारलाई प्राथमिकतामा राखेको बताइन्। उनले सुशासनको मार्गचित्र तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिइन्।

प्रतिकृया