• १४ असोज २०८३, बुधबार
  • १२ः५९ राती

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ०३:२८

२७ माघ,२०८२ काठमाडौं – साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। मंगलबार नेप्से १०.२५ अंकले घट्दै २६६२.१४ विन्दुमा झरेको हो।

National Life

आज बजारमा १७९ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४५४.३९ विन्दुमा पुगेको छ। १३ उपसूचकमध्ये ११ वटा घटेका छन् भने २ वटा मात्रै बढेका छन्।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार करिब पौने ११ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। आज ३२४ कम्पनीका २ करोड १७ लाखभन्दा बढी कित्ता सेयर ८९ हजार ८३६ पटक खरिद–बिक्री भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया