• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

प्रधानमन्त्री कार्कीको राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार १०:२७

२५ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशिला कार्कीले आईसीसी टी–२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएकी छन्। समूह ‘सी’ मा रहेको नेपालले आज दिउँसो ३:१५ बजे इङल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

Kamana Sewa

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गरेकी छन्।

Classic Tech Desktop

उनले मुम्बईको वानखेडे स्टेडियममा राष्ट्रिय धुन गुन्जिने र त्यसलाई विश्वले सुन्ने उल्लेख गर्दै इङल्याण्डसँगको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना व्यक्त गरेकी छन्।

तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपाललाई विश्वभर रहेका समर्थकको साथ र विगतका सफलताको आड रहेको उल्लेख गर्दै उनले टोलीलाई विजयी भवःको कामना समेत गरेकी छन्।

प्रतिकृया