• १३ असोज २०८३, मंगलबार
  • २ः३७ राती

काठमाडौं महानगरले ७० वर्षमाथि घरमै स्वास्थ्य सेवा कार्यक्रम निर्वाचन आयोगलाई पठायो स्पष्टीकरण

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार १२:४३

२१ माघ,२०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ। निर्वाचन आचारसंहिता, २०८२ लागू भएपश्चात महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको विषयमा आयोगले स्पष्टीकरण माग गरेको थियो।

National Life

महानगरले पठाएको जवाफमा उक्त कार्यक्रम वार्षिक बजेटबाट स्वीकृत भएको स्पष्ट उल्लेख गरेको छ। नगरसभाको १७औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ मा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम स्वीकृत भएको बताइएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ (ख) को उपखण्ड (ग) मा “वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न नहुने” व्यवस्था रहेको छ। तर, वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएमा सञ्चालनमा बाधा नहुने व्यवस्था समेत रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महानगरले यही प्रावधानअनुसार कार्यक्रम सञ्चालन भइरहेको र निर्वाचन आचारसंहितासँग अनुपालनमा रहेको उल्लेख गरेको छ ।

प्रतिकृया