• ४ साउन २०८३, सोमबार
  • २:३४ बिहान

आज देशभर शहिद दिवस मनाइँदै

प्रकाशित मिति

२०८२ माघ १६ गते, शुक्रबार ०७:१६

१६ माघ,२०८२ काठमाडौं – देश र जनताको हित तथा अधिकारका लागि जीवन बलिदान दिने वीर शहिदप्रति सम्मान व्यक्त गर्दै आज देशभर शहिद दिवस मनाइँदै छ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउने उद्देश्यले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध भएका प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन आहुति दिने वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाइँदै आएको छ।

Kamana Sewa

शहिद दिवसको अवसरमा वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरूको संघर्ष, साहस र बलिदानको स्मरण गरिन्छ। विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा सहभागी भई राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहिदहरूको त्यागको उच्च मूल्याङ्कन गर्दै यो दिवस मनाइने गरिएको छ।

Classic Tech Desktop

वि.सं. १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्ना हक र अधिकारका लागि क्रान्तिमा होमिन प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।

शहिद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ।

प्रतिकृया