• ३ असोज २०८३, शनिबार
  • ४ः३१ बेलुका

एकै परिवारका पाँच जनाको शव भेटियो

प्रकाशित मिति

२०७६ आश्विन १६ गते, बिहीबार ११:००

बारा, बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको निर्माणधिन ट्यांकीमा एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

National Life

मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ ।

उनीहरूको मृत्युको कारण थाहा हुन सकेको छैन । प्रहरीले सेप्टिक ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राति ८ बजेतिर प्रहरीले सो घटनासम्बन्धी जानकारी पाए पश्चात प्रहरीले शव बहिरा निकालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया