• १९ असोज २०८३, सोमबार
  • ११ः५२ राती

ओली झापामा, झापा–५ मा बालेनसँग रोचक भिडन्त

प्रकाशित मिति

२०८२ माघ ५ गते, सोमबार ०२:५५

 ५ माघ,२०८२ काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आफ्नो गृह जिल्ला झापा पुगेका छन् । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न ओली सोमबार झापा पुगेका हुन् ।

National Life

ओलीले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि २०७९ को निर्वाचनमा यही क्षेत्रबाट उनले फराकिलो मतान्तरका साथ जित हासिल गरेका थिए । यसपटक ओली र राप्रपाबीच तालमेल भएको छ ।

ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) पनि झापा पुग्ने तयारीमा छन् । बालेनको उम्मेदवारीसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशको राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने दुई पात्रबीचको सम्भावित भिडन्तले झापा–५ लाई यसपटक निर्वाचनको केन्द्रमा ल्याएको छ ।

प्रतिकृया