• १९ असोज २०८३, सोमबार
  • ७ः३३ बेलुका

विवादका बीच कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंग्यायो

प्रकाशित मिति

२०८२ माघ ५ गते, सोमबार ०२:४९

 ५ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र चुलिएको विवादका बीच हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लामा उम्मेदवार तय भइसकेको नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए ।

National Life

अनलाइनखबरसँग कुरा गर्दै सहमहामन्त्री मन्सुरले हिमाली जिल्लाका सबै उम्मेदवारको टुंगो लागिसकेको भए पनि हाल नाम सार्वजनिक नगरिएको बताए । उनका अनुसार अन्य जिल्लामा पनि उम्मेदवार टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ । अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ,’ मन्सुरले भने, ‘अब अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको उम्मेदवार निश्चित गर्छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीभित्र नेतृत्व र निर्वाचन प्रक्रियालाई लिएर विवाद कायमै रहेका बेला कांग्रेसले उम्मेदवार छनोटलाई तीव्रता दिएको हो । कांग्रेस नेतृत्वले सहमतिको आधारमा उम्मेदवार टुंग्याउने प्रयास गरिरहेको जनाएको छ ।

प्रतिकृया