• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

एमाले सचिवालय बैठक आज, उम्मेदवार टुंग्याइँदै

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार ०८:१९

३ माघ,२०८२ काठमाडौं – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुने भएकाले उम्मेदवार टुंग्याउन बैठक बोलाइएको हो।

National Life

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको जनाइएको छ।

हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हबाहक उम्मेदवार उठाउने तयारी गरेको छ। यसअघिको केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुंग्याउने सम्पूर्ण अधिकार सचिवालयलाई दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया