• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ४ हजार ४ सयभन्दा बढी करार कर्मचारी माग

प्रकाशित मिति

२०८२ माघ १ गते, बिहीबार ०२:११

१ माघ,२०८२ काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालन हुने आर्थिक गणनाका लागि कुल ४ हजार ४ सय ३९ जना कर्मचारी भर्ना गरिने जनाएको हो।

National Life

सूचनाअनुसार ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक गरी दुई पदमा कर्मचारी नियुक्त गरिनेछ। सुपरिवेक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने गणक पदका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कार्यालयका अनुसार साढे दुई महिनाको करार अवधिका लागि भए पनि आकर्षक पारिश्रमिकको व्यवस्था गरिएको छ। सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ तलब पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त पेस गर्नुपर्नेछ। आवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमार्फत मात्र स्वीकार गरिने जनाइएको छ।

राष्ट्रिय आर्थिक गणनाले देशको आर्थिक गतिविधि, उद्योग, व्यापार तथा सेवाक्षेत्रसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्यालयको भनाइ छ।

प्रतिकृया