• १४ असोज २०८३, बुधबार
  • २ः१९ राती

उज्यालो नेपाल पार्टी एकीकरणमा नजाने : अध्यक्ष कुलमान घिसिङ

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०३:००

३० पुस,२०८२ काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले अन्य कुनै पनि राजनीतिक दलसँग एकीकरण नगरी पार्टी अघि बढ्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा आफ्नो पार्टी र नाम जोडेर विभिन्न दलसँग एकीकरण हुन लागेको भन्ने हल्ला फैलिएकोप्रति ध्यानाकर्षण गराउँदै उनले त्यसलाई भ्रामक र असत्य बताएका हुन्।

National Life

घिसिङले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “विशेषगरी नेपाली कम्युनिस्ट पार्टीलगायत दलसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।”

उनले उज्यालो नेपाल पार्टी भविष्यमा पनि कुनै दलसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने स्पष्ट गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया