• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

यति ठुलो संख्याले समानुपातिकतर्फ उम्मेदवारी लिए फिर्ता

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार ०९:४१

२८ पुस,२०८२ काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी फिर्ता लिनेको संख्या अझै केही बढ्न सक्नेछ ।

National Life

राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाएका थिए भने सोमबार उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारी फिर्तापछि खाली भएको स्थानमा सम्बन्धित दलले नयाँ उम्मेदवार पठाउन पाउनेछ । प्रतिनिधिसभा निर्वाचन आगामी २१ फागुनमा हुँदैछ ।

प्रतिकृया