• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

शुक्लाफाँटा नगरपालिकाले आन्तरिक राजस्वमा रु ७१ लाख ४२ हजार सङ्कलन

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार १०:४५

२८ पुस,२०८२ काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ। नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत यो राजस्व सङ्कलन गरिएको हो।

National Life

मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा कार्यालयबाट रु ४३ लाख ६५ हजार ३७४ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले जानकारी दिए। सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, बहाल–बिटौरी कर, सवारीसाधन कर, व्यवसाय कर, कृषि तथा पशुजन्य कारोबार कर, सेवा शुल्क तथा दस्तुर आदि मार्फत यो रकम सङ्कलन भएको हो।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। स्थानीय राजस्व परामर्श समितिका संयोजक एवं उपप्रमुख कल्पना पन्तले आन्तरिक आय वृद्धि गर्न कर दर घटाउने र दायरा विस्तार गर्ने नीति लिइएको जानकारी दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया