तनहुँ त्रिशूली नदी दुर्घटना: बसको उत्खनन कार्य आज पनि जारी
प्रकाशित मिति
२०८२ पुष २८ गते, सोमबार १०:४२
२८ पुस,२०८२ काठमाडौं – तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसी स्थित त्रिशूली नदी किनारमा फेला परेको बसको उत्खनन आज पनि जारी रहने भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि सुरुवात गरिएको उत्खनन कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरीले लगातार गर्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार बिहान १०:४५ बजे बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक जानकारी अनुसार विसं २०८१ असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०३–००१ख२४९५ ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने प्रनाउ श्रवणकुमार विकले बताएका छन्।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय साराङघाट र आबुँखैरेनीबाट प्रहरीले घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थलमा बस पूर्ण रूपमा पहिचान नभए पनि उत्खनन र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिकृया