• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

कांग्रेस महाधिवेशन: भृकुटीमण्डपमा प्रतिनिधि नाम दर्ता सुरु

प्रकाशित मिति

२०८२ पुष २७ गते, आईतवार ०९:२९

२७ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया मूल गेट नजिकैका स्टलहरूबाट सुरु गरिएको आयोजक समितिले जनाएको छ। महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने कार्यक्रम छ।

National Life

उद्घाटनअघि बिहान ११ बजे काठमाडौँका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता र्‍यालीसहित भृकुटीमण्डप प्रस्थान गर्नेछन्। आयोजकका अनुसार महाधिवेशनमा करिब ६० प्रतिशत प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

महाधिवेशनका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च तथा छ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको छ। सहभागी प्रतिनिधिहरूका लागि खाना, नास्ता र आवासको प्रबन्ध मिलाइएको आयोजक समितिले जनाएको छ। उद्घाटनपछि पुस २८ गतेदेखि बन्दसत्र सुरु हुने छ, जहाँ नीतिगत विषयमा छलफल हुने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया