• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

देशभर चिसो बढ्यो,तराईका केही स्थानमा हुस्सु र कुहिरो

प्रकाशित मिति

२०८२ पुष २७ गते, आईतवार ०९:२२

२७ पुस,२०८२ काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

आज राति तराईका केही स्थानमा पुनः हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावले विशेषगरी बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया